काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ बजे बैठक बोलाइएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठकको मुख्य एजेण्डा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन रहेको छ ।
गत मङ्सिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन अझै टुंगिन बाँकी छ । चार दिनअघि बसेको बैठकमा कार्यविभाजनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो भने आजको बैठकले त्यसलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।



















