शुक्रबार, जेठ ०८, २०८३
भ्रमपूर्ण समाचारले चरित्र हत्या गरेको भन्दै तत्कालीन गृहमन्त्री सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही मिडियाले भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन् ।

केही दिनअघि “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचार तथ्यहीन रहेको तथा उक्त समाचारका कारण आफ्नो चरित्र हत्या भएको भन्दै उहाँले कानुनी कारबाहीको माग गरेको हो ।

उक्त समाचार प्रकाशित गर्ने संवाददाता दिनेश थापाविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाही र सजायको माग गर्दै उनले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन ।

गुरुङले आफू पारिवारिक भ्रमणमा गएको घटनासँग जबर्जस्ती जोडेर “पित पत्रकारिता” गरिएको आरोप लगाउँदै सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गर्न माग गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय