काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष विनोदकुमार न्यौपानेको सभापतित्व एवं केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शर्माले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता मार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारहरू अझ सक्रिय बन्नु पर्ने बताईन् । उनले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारहरूको क्षमता विकास र संस्थागत सुदृढीकरण आवश्यक रहेकोमा जोड दिएकी छन् ।
साधारणसभामा सभामा वार्षिक प्रगति प्रतिवेदन सचिब नगेन्द्र अधिकारीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष केशबराज पौड्यालले प्रस्तुत गरेका थिए । कार्यक्रममा स्व.भरतराज पत्रकारीता पुरस्कार बाट अग्रज पत्रकार मधुसुधन गुरागाई लाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्लाका पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौड्याल, ईश्वरी ओझा, मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टरका अध्यक्ष राम प्रसाद ढकाल, प्रेस युनियनका सचिव शुभराज अधिकारी, आदिवासी जनजाती महासघंका अध्यक्ष ईन्द्र बहादुर थापा, सञ्चारिका समुह काभ्रे अध्यक्ष सुनिता सापकोटा लगाएतले पत्रकारिताको पेशागत मर्यादा, सञ्चार क्षेत्रका चुनौती, पत्रकार सुरक्षा, प्रेस स्वतन्त्रता तथा डिजिटल पत्रकारिताको बढ्दो प्रभावका बारेमा मन्तव्य राखेका थिए ।




















