काठमाडौँ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्।
रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्गे पुल नजिकै शनिबार दिउँसो करिब ४ बजे पाँच जना बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार बेपत्तामध्ये दुई जनाको शव फेला परेको हो।
मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो रहेका छन्। रोहितको शव बागमती नगरपालिका–११ स्थित पुल नजिकै र गणेशको शव बागमती नदीको ड्याम साइडमा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, सर्लाहीका सहमद मोमिन, मोहम्मद अख्तर र श्याम भण्डारी भने सकुशल फेला परेका छन्। उनीहरू नदी तर्ने क्रममा बेपत्ता भएका थिए।



















