बुधबार, जेठ १३, २०८३
जेन्जी आन्दोलनका क्रममा फरार भएका कैदी काभ्रेबाट पक्राउ

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका–०४ तामाघाटबाट २५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–०२ बस्ने ३७ वर्षीय डोमा उराव रहेका छन् ।

उराव जबरजस्ती करणी मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय पाएपछि जेन्जी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए । लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा खोजी गर्दै आएको थियो ।

प्रहरी चौकी पाँचखालका इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले तामाघाट क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले प्रहरी टोलीको प्रशंसा गरेका छन् । प्रहरीले फरार अपराधीविरुद्ध खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय