शनिबार, जेठ १६, २०८३
मौसम विभागको पूर्वानुमानः पहाड र हिमालमा वर्षा तथा हिमपात हुन सक्ने

काठमाडौँ । देशको मौसममा हाल पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ।

यसका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली छ। केही स्थानमा मध्यम वर्षासमेत भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।

उच्च हिमाली क्षेत्रहरूमा हिमपातको पनि सम्भावना छ। तराई र पहाडी क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात जारी रहन सक्ने पूर्वानुमान गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय