शनिबार, जेठ १६, २०८३
सरकारको नयाँ बजेटले उद्योग, व्यवसाय र पेसाकर्मीलाई राहत दिएको प्रतिक्रिया

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि उद्योगी, व्यवसायी तथा विभिन्न पेसाकर्मीले यसलाई सकारात्मक र राहतमुखी बजेटका रूपमा स्वागत गरेका छन्।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले उद्योगलाई लक्षित गर्दै भन्सार दर घटाउने, विभिन्न वस्तुमा अन्तःशुल्क हटाउने तथा कर प्रणालीलाई सरल बनाउने व्यवस्थाले निजी क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो।

उहाँका अनुसार व्यक्तिगत आयकरमा गरिएको संशोधनले पनि ठूलो राहत दिएको छ।

वार्षिक रु १० लाखसम्म आम्दानी हुनेलाई न्यून कर दायरामा राखिएको तथा अधिकतम आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारिएकाले चिकित्सक, इञ्जिनियरलगायत उच्च आम्दानी भएका पेसाकर्मी लाभान्वित हुनेछन्।

श्रेष्ठले बजेटका कारण बजारमा माग र उपभोग बढ्ने सम्भावना रहेको उल्लेख गर्दै बैंकिङ, अटोमोबाइल तथा घरजग्गा क्षेत्रले समेत सकारात्मक प्रभाव पाउने बताउनुभयो। पर्यटन प्रवर्द्धनका कार्यक्रम र भरतपुर विमानस्थल विस्तारले चितवन क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय