शनिबार, जेठ १६, २०८३
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको गुणादी क्षेत्रमा आज भएको सडक दुर्घटनामा एक वृद्धको ज्यान गएको छ। पोखराबाट काठमाडौँतर्फ गइरहेको पर्यटक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बाटो क्रस गर्ने क्रममा ७८ वर्षीय सम्मरबहादुर रानाभाट बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय