आइतबार, जेठ १७, २०८३
उपत्यकामा २४ घण्टामा १,९९४ चालक कारबाहीमा, पाँच लाखभन्दा बढी राजस्व संकलन

काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९९४ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १०३ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने १५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३० जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२८ जना, एकतर्फी सडकमा सवारी चलाउने ९५ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ९६२ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र ट्राफिक अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय