काभ्रे । किसानका मुद्दा तथा दुग्ध क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई प्रभावकारी रूपमा समाचारमार्फत उजागर गरेको भन्दै पत्रकार कपिल कोइरालालाई सम्मान गरेको छ ।
विश्व दूध दिवसको अवसरमा दुग्ध विकास बोर्डद्वारा आयोजित विशेष कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पत्रकार कोइरालालाई सम्मानपत्र प्रदान गरेका हुन् ।
दुग्ध विकास बोर्डले किसानका समस्या, दुग्ध उत्पादन तथा दुग्धजन्य पदार्थसम्बन्धी विषयलाई निरन्तर समाचारमार्फत सार्वजनिक गरी यस क्षेत्रको विकासमा योगदान पुर्याएको मूल्यांकन गर्दै कोइरालालाई सम्मान गरेको जनाएको छ ।
कोइराला नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेको उपाध्यक्ष हुन् भने काभ्रेबाट अनलाइन खबर र हिमालय टेलिभिजनमा काम गर्छन् ।



















