काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ ।
आज नेप्से परिसूचक २२.२१ अङ्क अर्थात् ०.८० प्रतिशतले बढेर २७७७.५८ विन्दुमा पुगेको छ । योसँगै अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज बढेको हो ।
आजको कारोबारमा कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। दिनभरिमा ३४६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता कारोबार भएका छन् ।
बजारमा आज १८४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको मूल्य घटेको छ। १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ ।
कम्पनीगत आधारमा हेर्दा कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९८ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य १३.६७ प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १०.५७ प्रतिशतले वृद्धि भएको छ ।



















