काठमाडौं । एसियन गेम्स क्वालिफायरअन्तर्गत सिंगापुरमा जारी खेलमा कुशल भुर्तेलको शतकीय प्रदर्शनमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट इनिङ्स खेल्दै १२६ रन जोडे। ५४ बल सामना गरेका उनले १४ चौका र ८ छक्का प्रहार गरे।



















