मंगलबार, जेठ २६, २०८३
दाङमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

आज बिहान करिब ४ बजे बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकमा लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी करिब ३७ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा सवार सोही स्थानका करिब ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय