शुक्रबार, साउन २९, २०८३
न्युरोडबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौंको न्युरोड क्षेत्रबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेका छन्। उनको साथबाट ४० लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद रकमको वैध स्रोत खुल्न नसकेको र प्रारम्भिक अनुसन्धानका क्रममा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय