काठमाडौं । अमद डियालोले अन्तिम मिनेटमा गरेको गोल मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १-० ले पराजित गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९०औं मिनेटमा गोल गरे । उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन् ।
त्यसअघि पनि खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि फिनिसिङ गर्न सकेन ।
अन्तिम समयमको गोलले आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ । इक्वेडर र कुरासाओ भने अंकविहिन छन् । समूह इ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल्नेछ ।




















