सोमबार, आषाढ ०१, २०८३
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ ।

यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।

अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।

तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको छ । ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे । हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय