सोमबार, आषाढ ०१, २०८३
ट्युनिसयाविरुद्ध स्विडेनको सानदार जित

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्वीडेनले ट्युनिसियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दे सानदार सुरुवात गरेको छ ।

समुह एफ अन्तर्गत सोमबार बिहान भएको मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरे ।

यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन् ।

अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।

तर ट्युनिसियाले पहिलो हाफमै गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको छ । ट्युनिसियाका लागि ओमार रेकिकले ४३औं मिनेटमा गोल गरे । हानीबल मेज्बरीको क्रसमा रेकिकले हेड मार्फत गोल गरेका हुन् ।

दोस्रो हाफमा स्वीडेनले दुई गोल थप्यो । भिक्टोर ग्योकेरेसले ५९औं मिनेटमा गोल गर्दै स्वीडेनलाई ३-१ को अग्रता दिलाएका थिए । त्यसपछि स्भानवर्गले ८६औं मिनेटमा स्वीडेनका लागि चौथो गोल गरे । सुरुमा असिस्ट्यान्ट रेफ्रीले  अफसाइड देखाएपनि भिएआर रिभ्यु पछि मुख्य रेफ्री याएल फाल्कन पेरेजले गोलको मान्यता दिए । स्वीडेन यतिमै रोकिएन यासिन अयारीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित दिलाए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय