सोमबार, आषाढ ०१, २०८३
सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा ५ हजार र चाँदी १२० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले वृद्धि भई ५ हजार १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय