सोमबार, आषाढ ०१, २०८३
बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । बाजुरामा पोखरीमा डुबेर एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बडिमालिका नगरपालिका–१ सल्याना गाउँ निवासी कित्तु कार्कीकी छोरी भावना कार्कीको सोही क्षेत्रस्थित पोखरीमा डुबेर आइतबार राति मृत्यु भएको हो।

नुहाउने क्रममा पोखरीमा डुबेर गम्भीर अवस्थामा पुगेकी भावनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय