मंगलबार, आषाढ ०२, २०८३
यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ

काठमाडौं । यातायात  व्यवस्था  कार्यालय गुर्जुधाराबाट प्रहरीले ६ बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरि–६ का २५ वर्षीय सविन तामाङ पक्राउ परेका छन् ।

उनीहरूले अनावश्यक रूपमा सेवाग्राहीलाई दुख हैरानी दिने गरेको प्रहरीले बताएको छ । छिटो छरितो सेवा गरिदिने भन्दै बिचौलियाको काम गरेपछि प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको बताइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय