बुधबार, आषाढ ०३, २०८३
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो ।

अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् ।

उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको सुरुवातमै मेस्सी एक गोल गरेपनि अफसाइडका कारण मान्यता पाएको थिएन ।

यस्तै अफसाइडका कारण अल्जेरियाका खेलाडीले गरेको एक गोलले पनि मान्यता पाएको थिएन । याे जितसँगै अर्जेन्टिनाले ३ अ‌ंक जाेड्दै समूह जे मा शीर्ष स्थानमा उक्लिएकाे छ ।

यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय