बुधबार, आषाढ ०३, २०८३
प्युठानमा खोलाले बगाउँदा दाजुभाइको मृत्यु

काठमाडौँ । प्युठानमा खोला तर्ने क्रममा बगाउँदा दुई दाजुभाइको मृत्यु भएको छ।

प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटेका यामबहादुर खत्रीका १० वर्षीय छोरा मिलन खत्री र सात वर्षीय छोरा बिमल खत्री जोगी पनेरा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी डामृबाट खटिएको टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा बिमलको शव मंगलबार दिउँसो फेला परेको थियो भने मिलनको शव बुधबार बिहान भेटिएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय