काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।
























