काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ ।
डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्काे गोल गर्दै मेस्सीले २–० को जित दिलाए ।















