काठमाडौं । अनरले आफ्नो नयाँ स्मार्टफोन ‘अनर एक्स-८० प्रो म्याक्स’ सार्वजनिक गरेको छ। कम्पनीले यो फोनलाई विशेषगरी उच्च क्षमताको ब्याट्री, चम्किलो डिस्प्ले र मजबुत डिजाइनका साथ बजारमा ल्याएको हो।
फोनको प्रमुख आकर्षण ११,०००mAh क्षमताको चौथो पुस्ताको ‘क्विङहाई लेक’ ब्याट्री हो, जुन अनरले अहिलेसम्म प्रयोग गरेको सबैभन्दा ठूलो ब्याट्री भएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार फोनले ४२ दिनसम्म स्ट्यान्डबाइ समय दिन सक्छ। यसमा ९० वाट वायर्ड फास्ट चार्जिङ र २७ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ।
अनर एक्स-८० प्रो म्याक्समा ६.८ इन्चको LTPS OLED डिस्प्ले, 1.5K रिजोल्युसन र १२०Hz सम्मको डाइनामिक रिफ्रेस रेट दिइएको छ। साथै, १०,००० निट्स पिक ब्राइटनेस भएको डिस्प्ले उद्योगमै पहिलो भएको कम्पनीको दाबी छ।















