सोमबार, आषाढ १५, २०८३
डीआईजी भूपेन्द्र खत्रीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी देशकै उत्कृष्ट, कार्यसम्पादन मूल्याङ्कनमा पहिलो

बुटवल । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर पहिलो स्थान हासिल गर्दै उत्कृष्ट बनेको छ।

सीमा सुरक्षा, अपराध नियन्त्रण तथा मानव बेचबिखनविरुद्ध प्रभावकारी कार्यसम्पादन गर्दै उल्लेखनीय सफलता हासिल गरेको लुम्बिनी प्रदेश प्रहरीले सेवा प्रवाहलाई अझ सहज, छिटोछरितो र प्रभावकारी बनाउन प्रविधिमैत्री प्रणालीहरू कार्यान्वयन गरेको छ।

कार्यालयले डिजिटल उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ भने सेवाग्राहीलाई एसएमएसमार्फत आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था पनि विस्तार गरेको छ।

यस्तै, साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ह्याक फर सेफ्टी’ जस्ता कार्यक्रम सञ्चालन गर्दै आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री प्रहरी सेवाको नयाँ अभ्यासलाई अघि बढाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय