मंगलबार, साउन ०५, २०८३
वृद्धभत्ता बुझेर घर फर्किंदै रोशी खोलाले बगायो, ७५ वर्षीय वृद्धको मृत्यु

काभ्रे । रोशी खोलाले बगाउँदा एक वृद्धको ज्यान गएको छ।

रोशी गाउँपालिका–७ कटुञ्जेबेँसीका ७५ वर्षीय मोतिमान पाख्रिन वृद्धभत्ता बुझ्न कटुञ्जेस्थित सिद्धार्थ बैंक पुगेका थिए। बैंकबाट घर फर्किने क्रममा सोमबार दिउँसो रोशी गाउँपालिका–७ मा रहेको रोशी खोला तर्ने प्रयास गर्दा उनलाई खोलाले बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार स्थानीयले खोलाले एक व्यक्तिलाई बगाएको खबर गरेपछि प्रहरी चौकी कटुञ्जेबेँसी, इलाका प्रहरी कार्यालय मंगलटार तथा सशस्त्र प्रहरीको टोली तत्काल खोजी तथा उद्धारमा परिचालन गरिएको थियो।

खोजीका क्रममा पाख्रिनको शव रोशी गाउँपालिका–८ गिम्दीबेँसीस्थित रोशी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय