काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ भुम्लुटारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विस्टका अनुसार मृत्यु हुने महिला भुम्लु गाउँपालिका–७ फलाँटे निवासी देवी उप्रेती रहेका छन् ।
स्थानीय बजारमा दूध पुर्याउन सोही बाटो प्रयोग जाने क्रममा विद्युतीय खम्बा अड्याउन प्रयोग हुने तारमा करेन्ट प्रवाह भएको अवस्थामा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।











