शुक्रबार, साउन १५, २०८३
संकल्प विद्यार्थी क्लबको फुटसल महाकुम्भ, विजेतालाई ३० हजार नगद

काभ्रे। संकल्प विद्यार्थी क्लबको आयोजनामा अन्तरविद्यालय फुटसल प्रतियोगिता सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयका २४ वटा टोलीले सहभागिता जनाएका छन्।

विद्यार्थीहरूमा खेलकुदको विकास, अनुशासन, नेतृत्व क्षमता र आपसी भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उपाधिका लागि टोलीहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यार्थी, शिक्षक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले व्यक्त गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय