शुक्रबार, साउन १५, २०८३
सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, मधेसमा प्रदर्शन फैलिँदै

काठमाडौँ ।  सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आन्दोलन तथा हुलदंगा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार कर्फ्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म लागू हुनेछ।

सुनसरीको देवानगञ्ज (कप्तानगन्ज) मा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिएको छ। बिहीबार बिहानैदेखि जनकपुरमा पनि टायर बालेर प्रदर्शन गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय