मंगलबार, साउन १९, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २१.१५ अङ्कले घटेर दुई हजार ६६३.१८ विन्दुमा कायम भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ अङ्कले घटेर ४६७.९६ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक १.४० अङ्कले घटेर १८३.३३ र सेन्सेटिभ फ्लोट सूचक १.०८ अङ्कले घटेर १५८.५७ विन्दुमा झरेको छ।

आज एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० रुपैयाँ बराबरमा कारोबार भएको नेप्सेले जनाएको छ। कारोबार भएका १३ वटै उपसमूहमा गिरावट देखिएको छ।

५९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय