बिहिबार, साउन २१, २०८३
दुई डीएसपी एसपीमा बढुवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको  महानगर प्रहरी बलमा कार्यरत नगर प्रहरी नायव उपरीक्षक(डिएसपी)  नगर प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।

डीएसपीहरु  शिवलाल पौड्याल र पूर्णचन्द्र भट्ट   एसपीमा  र नगर प्रहरी निरीक्षक (इन्सपेक्टर) रामेश्वर उपाध्याय नगर प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका हुन् ।

काठमाडौँ महानगरपालिका कार्यावाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा  प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँइले  दर्ज्यानी चिन्ह प्रदान  गरेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय