काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बुधबार साँझ सुनकोशी नदीमा एक वृद्ध दम्पती बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुली रहेका छन् ।
डीएसपी विष्टका अनुसार तिलकुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन् । उनीहरूले नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।
घटनापछि पाँचखालबाट प्रहरी चौकीबाट प्रहरी टोली खोजीमा परिचालन भएको छ । अहिले खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











