शुक्रबार, साउन २२, २०८३
दुई वर्षपछि बोलिन शेख हसिना, भनिन् – डिसेम्बरमा घर फर्किन्छु

काठमाडौं । सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा देश छाडेर भारतमा निर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि सार्वजनिक रूपमा मुख खोलेकी छन् ।

बुधबार साँझ भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै हसिनाले दुई वर्षपछि पहिलो पटक आफ्नो धारणा दिएकी छन् । उनको यो पत्रकार सम्मेलन भिडिओ माध्यमबाट नभई अडिओमा गरिएको छ ।

हसिनाको यो पत्रकार सम्मेलनलाई नयाँ दिल्लीबाट फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले आयोजना गरेको थियो । जसमा हसिना जोडिएकी थिइन् ।

पत्रकार सम्मेलनमा हसिनाले आफ्नो स्वदेश फर्किने योजना, आफ्नो दल आवामी लिग, बंगलादेशको राजनीति, २०२४ को विद्यार्थी आन्दोलन लगायतका विषयमा धारणा सार्वजनिक गरेकी छन् ।

हसिनाले पत्रकार सम्मेलनमा यही वर्ष डिसेम्बरमा बंगलादेश फर्किने कुरा दोहोर्‍याएकी छन् । जुन कुरा यसअघि पनि समाचारमा आएको थियो ।

‘म आफ्ना जनतामाझ डिसेम्बरमा फर्किनेछु,’ पत्रकार सम्मेलनमा हसिनाले भनिन् । सही समयमा मितिबारे जानकारी दिने उनले बताएकी छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय