धनुषाम । धनुषामा खेतमा पानी लाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
नगराइन नगरपालिका–८ खिरखिरियामा खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर स्थानीय विन्देश्वर दासका २५ वर्षीय छोरा सितेशकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार घटना अहिले साँझ करिब ५:४० बजेतिरको हो ।
सोही समयमा खेतमा मोटरबाट पानी लगाउने क्रममा अचानक करेन्ट लागेर दास घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदा चिकित्सकले साँझ ६ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।











