शुक्रबार, साउन २९, २०८३
काठमाडौ बिश्वबिद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले मेरिटका आधारमा बरालको नाम सिफारिस गरेको थियो । केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक बराल केयूमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति बनेका छन् ।

बरालले केयूबाट मेकानिकल इन्जिनियरिङमा स्नातक, जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन् ।

इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा विशेषज्ञता हासिल गरेका बरालले लामो समयदेखि केयूमा अध्यापन तथा अनुसन्धान गर्दै आएका छन् ।

उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको थियो । प्रारम्भिक छनोटपछि १० जनाको नाम सार्वजनिक गरी प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । सोही प्रक्रियाबाट बरालको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।

केयूमा विद्यार्थीका रूपमा प्रवेश गरेका बराल अब त्यही विश्वविद्यालयको नेतृत्वमा पुगेका छन्

सिफारिस

ताजा समाचार

लोकप्रिय