आइतबार, साउन ३१, २०८३
गौतम बन्धु राष्ट्रिय समाज काभ्रेको अध्यक्षमा जयभद्र गौतम

काभ्रे । गौतम बन्धु राष्ट्रिय समाज जिल्ला समिति काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशनले जयभद्र गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट झम्कप्रसाद गौतम उपाध्यक्ष, यदुनाथ गौतम सचिव र सुरेश गौतम कोषाध्यक्षमा चयन भएका छन्। कार्यसमिति सदस्यमा परशुराम गौतम, रामचन्द्र गौतम, राजन गौतम, नन्दिप्रसाद गौतम, एकलक्ष्मी गौतम, लेखनाथ गौतम र माधवप्रसाद गौतम चयन भएका छन्।

गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय समिति तथा बागमती प्रदेश समितिको आयोजनामा बनेपास्थित गौतम रिसोर्टमा सम्पन्न कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम, संस्थापक अध्यक्ष विदुर गौतम, बागमती प्रदेश समितिका पदाधिकारी तथा देशका विभिन्न स्थानबाट आएका गौतम बन्धुहरूको सहभागिता थियो।

गौतम बन्धुहरूको मूल थलो गोतामकोट मानिन्छ। समाजले २०७९ सालमा केन्द्रीय समिति गठन गरेपछि विभिन्न जिल्लामा जिल्ला तथा स्थानीय समितिहरू विस्तार गर्दै आएको छ। काभ्रेमा नयाँ कार्यसमिति गठनसँगै जिल्लाका विभिन्न पालिकामा रहेका गौतम बन्धुहरूलाई संगठित गर्दै सामाजिक एकता, सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय