काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिलाई लक्षित गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको कार्यक्रममा सुशासन, सामाजिक न्याय र समृद्धिसम्बन्धी लक्ष्यमा आधारित सम्झौतामा हस्ताक्षर तथा प्रति आदानप्रदान गरिएको हो।
प्रधानमन्त्री शाहले अर्थ, गृह, परराष्ट्र, ऊर्जा, कानून, विज्ञान प्रविधिसहित विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग सम्झौता गरेका छन्। कार्यक्रममा मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल अस्वस्थताका कारण तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन्।











