बिहिबार, भाद्र ०४, २०८३
उत्कृष्ट कार्यसम्पादन गर्दै डिएसपी वकिल बहादुर सिंह बने ‘पुलिस अफ द मन्थ’

ललितपुर । प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वकिल बहादुर सिंह २०८३ श्रावण महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

ललितपुर जिल्ला परिसर अन्तर्गत वृत्तको कमान्ड सम्हाल्दै आएका सिंहलाई श्रावण महिनामा देखाएको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उक्त उपाधि प्रदान गरिएको हो । डिएसपी सिंहले आफ्नो क्षेत्रमा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी तथा लागूऔषध कारोबार नियन्त्रणका साथै जुवातास रोक्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

अनुसन्धानमा प्रविधिको प्रभावकारी प्रयोग गर्दै अदालतको फैसला कार्यान्वयन र शान्ति सुरक्षा कायम गर्न योगदान पुर्‍याएकाले उनलाई सम्मानित गरिएको जनाइएको छ । आगामी दिनमा पनि ललितपुरको अपराध रोकथाम, अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थापनमा उनको योगदान निरन्तर रहने विश्वास व्यक्त गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय