काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै गत बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको मूल्य १०.११ प्रतिशत अर्थात् प्रतितोला २८ हजार ८ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा २६० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ५९५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ८५५ रुपैयाँ कायम गरेको छ ।
चाँदीको मूल्य पनि एक महिनामा १२.३८ प्रतिशत बढेको छ । एक महिनामा चाँदी प्रतितोला ५३५ रुपैयाँ बढेको हो । साउन ४ गते चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ थियो ।











