आइतबार, भाद्र ०७, २०८३
धुलिखेल खानेपानी समितिको अध्यक्षमा कृष्ण भुषण खोजु श्रेष्ठ विजयी

काभ्रे । धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा कृष्ण भुषण खोजु श्रेष्ठ विजयी भएका छन्। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी रहे पनि मतगणनाको परिणामअनुसार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।

कुल २ हजार ४४० मत खसेको निर्वाचनमा श्रेष्ठले ९०१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी राजकुमार तखाछेले ८०६, केशव खुलालले १९६ र श्याम गणेजुले १८२ मत पाए।

सचिवमा बिन्द्र लाल खोजु १ हजार ७४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी जिबनाथ पराजुलीले ९६० मत प्राप्त गरे।

त्यस्तै, कोषाध्यक्षमा हरि कृष्ण तिमल्सिना १ हजार २९१ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रभात श्रेष्ठले ७७१ मत प्राप्त गरे।

मतपरिणामअनुसार समितिको नयाँ नेतृत्वमा अध्यक्ष कृष्ण भुषण खोजु श्रेष्ठ, सचिव बिन्द्र लाल खोजु र कोषाध्यक्ष हरि कृष्ण तिमल्सिना आउने भएका छन्। निर्वाचन समितिको औपचारिक घोषणापछि भने परिणामले पूर्ण आधिकारिकता पाउनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय