शनिबार, भाद्र १३, २०८३
नेपालमा बाढीपछि एप्पलले राहत र पुनर्निर्माणमा सहयोग गर्ने

काठमाडौं । नेपालमा आएको बाढीपछि राहत तथा पुनर्निर्माणका लागि एप्पलले सहयोग गर्ने भएको छ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गर्दै नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट प्रभावितप्रति दुःख व्यक्त गरेका छन्।

एप्पलले यसअघि पनि विश्वका विभिन्न ठूला विपद्का बेला सहयोग गर्दै आएको छ। तर, नेपालका लागि कति रकम वा कस्तो प्रकारको सहयोग गर्ने भन्नेबारे भने कुकले खुलाएका छैनन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय