शनिबार, भाद्र १३, २०८३
बाढीपीडितका लागि त्रिविले तलब कट्टा गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्ना शिक्षक तथा कर्मचारीको तलब कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रकम जम्मा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको कार्यकारी परिषद् बैठकले तहअनुसार २ दिनदेखि एक महिनासम्मको तलब कट्टा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार पदाधिकारीको एक महिना, प्राध्यापक तथा सो सरहका शिक्षक–कर्मचारीको १० दिन, उपप्राध्यापक तथा अधिकृत तहको ७ दिन, सहायक तहको ५ दिन र श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको सुरु तलब स्केल कट्टा गरिनेछ।

कट्टा भएको रकम आर्थिक प्रशासन महाशाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने त्रिविले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय