शुक्रबार, मंसिर ११, २०८३
बङ्गुर व्यवसायी संघ नेपालको केन्द्रीय महासचिवमा सुशील लामा निर्विरोध निर्वाचित

काभ्रे । बङ्गुर व्यवसायी संघ नेपालको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट काभ्रेका बङ्गुर व्यवसायी तथा उन्नति हाम्रो बङ्गुर फार्मका सञ्चालक सुशील लामा केन्द्रीय महासचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।

बङ्गुर पालन व्यवसायमा सक्रिय रहँदै किसान तथा व्यवसायीहरूको हकहित, व्यवसायको प्रवर्द्धन र बङ्गुर पालन क्षेत्रको विकासका लागि चासो राख्दै आउनुभएका लामाले संघको केन्द्रीय महासचिवको जिम्मेवारी प्राप्त गर्नुभएको हो।

नेपालको बङ्गुर पालन व्यवसाय पछिल्लो समय दाना तथा उत्पादन लागतमा भइरहेको वृद्धि, बजार मूल्यमा अस्थिरता, किसानले भोगिरहेका आर्थिक चुनौती तथा व्यवसायलाई दिगो बनाउने सवालमा विभिन्न कठिनाइहरूको सामना गरिरहेको छ।

यस्तो अवस्थामा संघको नेतृत्व तहमा जिम्मेवारी प्राप्त गर्नुभएका लामाबाट किसान र व्यवसायीहरूका समस्यालाई संस्थागत रूपमा उठान गर्दै समाधानका लागि पहल, समन्वय र सहकार्यको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय