शुक्रबार, मंसिर ११, २०८३
मदानी बिट डटकम चौथो वर्षमा प्रवेश

काभ्रे । काभ्रेपलाञ्चोकस्थित मदानी बिट मिडिया प्रालिद्वारा सञ्चालित मदानी बिट डटकम चौथो वर्षमा प्रवेश गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारका कमजोरी औँल्याउने, प्रश्न गर्ने र आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका महत्वपूर्ण साझेदार भएको बताए।

प्रेस स्वतन्त्रता र आलोचनात्मक पत्रकारितालाई लोकतन्त्रको अभिन्न आधारका रूपमा व्याख्या गर्दै उनले सरकारलाई जवाफदेही बनाउन सञ्चारमाध्यमले निर्भीक र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले पत्रकारहरूलाई सरकारको प्रशंसा वा विरोधमा मात्र सीमित नभई तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न, नागरिकका समस्या उठाउन र सार्वजनिक सरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन आग्रह गरे।

त्यस्तै, बागमती प्रदेश सरकारले पत्रकारहरूको डिजिटल सीप विकास, तथ्य जाँच, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको जानकारी दिए।

प्रधान सम्पादक मोतिराम तिमल्सिनाले चौथो वर्षमा प्रवेश गरेको मदानी बिट डटकमले आगामी दिनमा सत्य, तथ्य, निष्पक्षता र जनउत्तरदायी पत्रकारितालाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय