मंगलबार, भाद्र १६, २०८३
चार दिनदेखि भोकै दृष्टिविहीन दम्पतिको घरमा प्रहरी पुग्यो, ग्यास र खाद्यान्न सहयोग

काभ्रे । खाना पकाउने ग्यासको अभावमा चार दिनदेखि भोकै रहेका एक दृष्टिविहीन दम्पतिलाई प्रहरीले खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ।

अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक (असई) रामेश्वर पाण्डेको कमाण्डमा ट्राफिक प्रहरीसहित खटिएको टोलीले उक्त दम्पति ग्यास अभावका कारण समस्यामा परेको जानकारी पाएपछि उनीहरूको घरमै पुगेर सहयोग गरेको हो।

प्रहरी टोलीले दृष्टिविहीन दम्पतिलाई खाना पकाउने ग्यास, चामललगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको जनाएको छ। लामो समयदेखि ग्यास अभावमा खाना पकाउन नसकी भोकै बस्नुपरेको अवस्थामा प्रहरीको सहयोगले उनीहरूलाई तत्काल राहत मिलेको छ।

प्रहरीको यो कदमले सुरक्षा प्रदान गर्नुका साथै आवश्यक पर्दा नागरिकको दुःखमा साथ दिने मानवीय जिम्मेवारी पनि निर्वाह गरेको सन्देश दिएको छ। स्थानीयस्तरमा प्रहरीको यस्तो मानवीय पहलको प्रशंसा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय