मंगलबार, भाद्र १६, २०८३
रसुवा बाढीपीडितका लागि सामुदायिक साकोसको ५ लाख ५ हजार सहयोग

काभ्रे । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले ५ लाख ५ हजार सहयोग गरेको छ।

सामुदायिकताको भावनासहित सहकारीको सामाजिक दायित्व निर्वाह गर्दै संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

संस्थाका अध्यक्ष मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिअनुसार सहयोग रकममा संस्था, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारीहरूको सामूहिक योगदानसमेत समेटिएको छ।

विज्ञप्तिमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको पीडामा साथ दिनु मानवीय तथा सामाजिक दायित्व भएको उल्लेख गरिएको छ।

सामुदायिक साकोसले विपद्मा परेका नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने विश्वाससमेत व्यक्त गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय