काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रहेको छ।
अर्थ मन्त्रालयका अनुसार कोषमा रु. ८ अर्ब ७६ करोड ६९ लाख र दुई डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर रहेको छ। डलरलाई १५०.८८ रुपैयाँका दरले रूपान्तरण गर्दा कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको हो।
रसुवा–भोटेकोशी बाढीपछि मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख अमेरिकी डलरभन्दा बढी रकम संकलन भएको छ।
भदौ २३ गते एकै दिन ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार अमेरिकी डलर प्राप्त भएको थियो। यसअघि राहत तथा उद्धारका लागि प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो।











