बिहिबार, भाद्र २५, २०८३
प्रहरी देखेपछि गाँजा छाडेर फरार, आठ पोकामा १५७ किलोभन्दा बढी बरामद

काठमाडौँ । सिराहाको नेपाल–भारत सीमा क्षेत्रमा प्रहरीले १ सय ५७ किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

औरही गाउँपालिका–४ इटाटारस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाको गस्ती टोलीले १ क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।

गएराति १ः३५ बजे केही व्यक्तिहरूले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए।

सशस्त्र प्रहरीले घटनास्थलबाट प्लास्टिकमा प्याक गरी कपडाले बाँधिएका आठ वटा गाँजाका पोका नियन्त्रणमा लिएको जनाएको छ।

बरामद पदार्थ आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय