बिहिबार, भाद्र २५, २०८३
भोटेकोशी बाढीपीडितलाई उपसभामुख रुबी कुमारीको एक महिनाको तलब सहयोग

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्।

उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएकी हुन्।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि बाढीपीडितका लागि आफ्नो तलबबाट सहयोग गर्ने घोषणा गरिसकेका छन्।

कांग्रेसका ३८ जना प्रतिनिधिसभा र २४ जना राष्ट्रिय सभा सांसदमध्ये केहीले एक महिनाको तथा अधिकांशले १५ दिनको तलब सहयोग गर्ने भएका छन्। एमालेका सांसदहरूले पनि १५ दिनको तलब सहयोग गर्ने जनाएका छन्।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले १५ दिनको तलबसँगै आफ्ना स्वकीय सचिवहरूको १५ दिनको तलबसमेत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय